News Desk
काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको अगुवाइमा आज काठमाडौँमा हुन लागेको प्रदर्शनपछिको कार्यक्रम सम्बोधनका लागि तीन जना वक्ता तय भएका छन्। वक्तामा दुर्गा प्रसाईँ, केशव पोखरेल र रमा सिंह रहेका छन् । प्रसाईँ र सिंह जनता बचाऊ अभियानका अध्यक्षमण्डलका सदस्यका हुन्। सिंह पूर्वसञ्चारकर्मी पनि हुन्।
अभियानको अध्यक्षमण्डलमा दुर्गा प्रसाईँ, हरि कार्की, ईशा खड्का, राजु पनेरु, आनन्द प्याकुरेल, प्रदीप लिम्बू र रमा सिंह छन्। सुरुमा ९ सदस्यीय अध्यक्षमण्डल बनाइए पनि पछिल्लो समय केन्द्रीय नेतृत्वमा विवाद बढेपछि दुईजनालाई कारवाही गरेर निकालिएको थियो।
आज बिहान मात्र तीन जनाको नाम टुंग्याइएको अध्यक्षमण्डलका एक सदस्यले जानकारी दिएका छन् ।