News Desk
काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप हुँदा बल्खुमा अवस्था तनावग्रस्त भएको छ। अवस्था तनावग्रस्त भएपछि अहिले प्रहरीले दर्जनौं अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ। प्रसाईंका समर्थक र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिनका लागि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको हो।
८ जना समर्थकसहित एकजना सर्वसाधरणलाई प्रहरीले घाइते बनाएको प्रसाईं पक्षको दाबी छ। घटनामा प्रहरी पनि घाइते भएका छन्।