News Desk
तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा मन्त्री बिराती
तौलिहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । शुक्रबार तिलौराकोट पुगेका मन्त्री किरातीले तिलौराकोटलाई छिटोभन्दा छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।
‘तिलौराकोटमा बुद्धको राजप्रसाद रहेको पुरातात्त्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट प्राप्त सामग्रीले प्रमाणित भएकाले नेपाल सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजना बनाएर विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा पुगेको छ,’ मन्त्री किरातीले भने ।
तिलौराकोट दरबार क्षेत्र गौतम बुद्धले २९ वर्ष बिताएको स्थान हो । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्तरूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारकयाल लामाले बताए ।