News Desk
काठमाडौं । नेपाल गजल प्रतिष्ठानको तत्वावधानमा गजल मुशयरा आयोजनामा आउने भएको छ । उक्त गजल मुशयरा शनिवार राष्ट्रिय नाचघर जमलमा आयोजना हुन लागेको हो ।मुशयरामा तीन जना श्रष्टाहरुले गजल वाचन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिष्ठानका अनुसार गजलकारत्रय आँचल कुमार शर्मा, रश्मि असफल र अविनाश सापकोटाले मुशयरा तताउने कार्यक्रम रहेको छ । कार्यक्रम अपरान्ह सभा बाह्र बजेबाट शुरु हुने आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रमको सहजकर्तामा भुवन निस्तेज रहनुभएको छ ।