आँचल, रश्मि र अविनाशले मुशायरा तताउने
News Desk
Dec-08 , 2023 तारिख 12:39 बिहान

काठमाडौं ।नेपाल गजल प्रतिष्ठानको तत्वावधानमा गजल मुशायरा आयोजनामा आउने भएको छ । उक्त गजल मुशायरा शनिवार राष्ट्रिय नाचघर जमलमा आयोजना हुन लागेको हो । तेस्रो श्रिंखलाको यस गजल मुशायरामा तीन जना श्रष्टाहरुले गजल वाचन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिष्ठानका अनुसार गजलकारत्रय आँचल कुमार शर्मा, रश्मि असफल र अविनाश सापकोटाले मुशयरा तताउने कार्यक्रम रहेको छ । कार्यक्रम अपरान्ह सभा बाह्र बजेबाट शुरु हुने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमको सहजकर्तामा भुवन निस्तेज रहनुभएको छ ।

धेरै पढिएको