News Desk
काठमाडौं । वातावरणिय अधिकार, जलवायु कार्य तथा दिगो विकास भन्ने मुल सन्दर्भका साथ आईतबारबाट शुरु भएको नेपाल युवा सम्मेलन आज सम्पन्न भएको छ । दुई दिनसम्म जारी सम्मेलन काठमाण्डौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कार्यक्रम समापन समारोहमाझ अवार्ड वितरणसँगै उक्त सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रममा दिगो विकासका लागि राष्ट्रिय युवा संजाल नेपालका अध्यक्ष सौरभ खनाल र वातावरणीय अधिकार संजालका संयोजक अध्यक्ष अमृत देवकोटाले यस सम्मेलनमा सिकेका कुराहरुलाई पालना गर्दै पर्यावरणिय संरक्षणका निम्ति अग्रसर रहन सहभागीहरुलाई आग्रह गरे ।
दिगो विकासका लागि राष्ट्रिय युवा संजाल नेपालका राष्टिय सल्लाहकार बिष्णु खत्री, परिषद्का कार्यकारी सदस्य जगदिश समाल, एनएसिजीका अध्यक्ष किरण थापा, सिविसकी महासचिव अनिता पाण्डेले कार्यक्रमलाई संबोधन गर्नुहुँदै सम्मेलनमा सहभागी युवाहरुले वातावरणिय अधिकार, जलवायु कार्य तथा दिगो विकासको क्षेत्रमा उल्लेख्य काम गर्न सक्ने औल्याउदै त्यसका निम्ति सकृय रहनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कार्यक्रममा सिविसका एडभोकेसी एडभाइजर युवराज घिमिरे, एआरडि काभ्रेका अध्यक्ष डिएन तिमल्सिना, एचआरएफसीका कार्यकारी निर्देशक पाण्डब खत्री, राष्ट्रि«य युवा सिविसकी टिम लिडर रुजा पोखरेल लगायतको उपस्थिती रहेको थियो ।
दिगो विकासका लागि राष्ट्रिय युवा संजाल नेपाल, वातावरणीय अधिकार संजाल, सिविस, डायनामिक युथ फोरम, टिडिएच जर्द्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा वातावरण, कृषि, भूगर्भ तथा खनिज, सामाजिक विकास आदी क्षेत्रबाट दप्रतिनिधित्व गर्दै देशका सातै प्रदेशबाट करिब ५० जना युवाहरु सहभागी रहेका छन् । सम्मेलनमा युवाहरुले वातावरणिय अधिकार, जलवायु कार्य तथा दिगो विकास बारे बृहद छलफल गरेका थिए भने विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।