छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ
News Desk
Dec-12 , 2023 तारिख 12:56 बेलुका

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकमा दुई शिक्षक पक्राउ परेका छन।
उनीहरूलाई प्रहरिले गत शुक्रबार मंसिर २२ मा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक  विद्यालयका शिक्षकद्वय ४५ वर्षीय सुरेन्द्र कोइराला र ४९ वर्षीय कविराज पौडेल रहेका छन । विद्यायलमा अध्ययनरत १४/१५ वर्षीया दुई छात्राको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो। 

धेरै पढिएको