शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म उपत्यकामा निषेधाज्ञा
News Desk
Sep-12 , 2025 तारिख 07:07 बिहान

नेपाली सेनाले उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा भोलि पनि सुरक्षा कारण देखाउँदै निषेधाज्ञा र कर्फ्यू कायम रहने घोषणा गरेको छ।

जङ्गी अड्डाबाट जारी विज्ञप्तिअनुसार, शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म उपत्यकामा निषेधाज्ञा लागू हुनेछ। त्यसपछि साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागू हुनेछ।

सेनाले भने आवश्यकतापूर्ण कामका लागि भोलि बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने व्यवस्था मिलाइएको स्पष्ट पारेको छ।

धेरै पढिएको