News Desk
काभ्रेपलाञ्चोक जिल्ला अदालतले अधिकारकर्मी खगेन्द्र सुनारलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले शुक्रबार सुनुवाइपछि उनलाई ५० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको हो।
विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सुनार बिहीबार आफैं अदालतमा उपस्थित भएका थिए। उनलाई पत्रकार मनिषा गौतमले साइबर अपराधको आरोपमा जाहेरी दिएकी थिइन्। अदालतमा उपस्थित भएर बयान दिएका सुनारलाई प्रारम्भिक अनुसन्धानपछि धरौटीमा रिहा गरिएको हो।