प्रधानन्यायाधीश राउतको नेतृत्वमा एक उच्चस्तरीय न्यायिक प्रतिनिधिमण्डल बंगलादेश प्रस्थान
News Desk
Nov-02 , 2025 तारिख 11:49 बिहान

 प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा एक उच्चस्तरीय न्यायिक प्रतिनिधिमण्डल बंगलादेश प्रस्थान गरेको छ ।

बंगलादेशका प्रधानन्यायाधीश सायद रेफाट एहमदको मैत्रीपूर्ण आमन्त्रणमा प्रस्थान गरेको उक्त टोलीमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेल समेत सहभागी छन् ।

सर्वोच्च अदालत प्रशासनका अनुसार, प्रतिनिधिमण्डलले कात्तिक १५ देखि १८ गतेसम्म बंगलादेशको सर्वोच्च अदालतको अध्ययन तथा अवलोकन भ्रमण गर्नेछ ।