News Desk
भोजपुर | षडानन्द नगरपालिका–४ मा शनिबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
चाम्लादाङबाट दिङ्लातर्फ जाँदै गरेको काठ बोकेको ट्याक्टर (प्रदेश १–०२–००३ त १२१३) दुर्घटनामा परेर ट्याक्टर चालक २५ वर्षे आइतबहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाले जानकारी दिनुभयो।
दुर्घटनामा परेर १९ वर्षे दाछिरि शेर्पा, २३ वर्षे अम्बर तामाङ, १८ वर्षे सागर तामाङ र १८ वर्षीया सुनिता तामाङ घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि दिङ्ला नगर अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताएको छ।