साँगे अभियानले चितवन–नवलपुर क्षेत्र विशेष​ कार्यक्रम आयोजना ग​र्ने
News Desk
Nov-05 , 2025 तारिख 01:06 बेलुका

 साँगे सभ्यता संरक्षण तथा विकास अभियानको तत्त्वावधानमा आउँदो कार्तिक २२ गते शनिबार गौरेश्वर पशुपति मन्दिर, नारायणगढ (पोखरा बसपार्क) परिसरमा चितवन–नवलपुर क्षेत्र विशेष संगठन विस्तार तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने भएको छ।

कार्यक्रममा साँगे खोलाको पानी ढोलो क्षेत्र​बाट​ ब​साईस​राइ वा अस्थायी रुप​मा चित​व​न​ न​व​ल​पुर​ क्षेत्र​मा पुगि ब​सोबास​ ग​र्नु हुने म​हानुभाव​स​हित​ विवाहित​ छोरी चेली र​ उक्त​ क्षेत्रहरूको उपस्थितिमा अभियानका आगामी कार्यक्रम र संगठन विस्तार रणनीतिबारे विस्तृत छलफल गरिने साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्लेले बताए।

उनका अनुसार, सो कार्यक्रममा सहभागी हुन सबै सरोकारवालाहरूलाई स–परिवार दिउँसो ११ः३० बजे उपस्थितिका लागि अनुरोध गरिएको छ।

कार्यक्रममा संयोजक सुरेन्द्र वाग्ले, महासचिव सरोज ओझा, तथा सदस्यहरू पूर्व वरिष्ठ प्रहरी उपरीक्षक हरिराज वाग्ले, ई. ठाकुर प्रसाद पण्डित, बाला शर्मा र कवि एवं व्यवसायी हरिराज वाग्ले सहभागी रहने कार्यक्रम रहेको महासचिव ओझाले जानकारी दिए।

सो अवसरमा ‘साँगे दर्पण’ पुस्तकसमेत हस्तान्तरण गरिने र साँगे सभ्यताको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्त्वबारे विचार–विमर्श हुने साथै अभियानका भावी योजनाहरू सार्वजनिक गरिने पनि ओझाले बताए।