News Desk
जिल्ला प्रहरी कार्यालय हुम्लाले ठुलो परिमाण अवैध चिनियाँ मदिरा झिनीगिन्टी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शङ्कर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरूबाट ३५१ काटुन अवैध चिनियाँ मदिरा झिनिगिन्टी बरामद गरेको हो ।
४ हजार २१२ बोतल अवैध चिनियाँ मदिरा झिनिगिन्टी विभिन्न स्थानहरूबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शङ्कर पोखरेलले जानकारी दिनुभयो । हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट अवैध चिनियाँ मदिरा बरामद गरेको बताउनुभयो ।
प्रतिबोतल ४ सयका दरले १६ लाख ८४ हजार ८०० बराबर मूल्यको चिनियाँ मदिरा मङ्गलवार राती १२ बजे बरामद गरेको डिएसपी पोखरेलको भनाई छ । बेवारिसे रूपमा भेटिएका २. हजार २२ लिटर अवैध अखाद्य चिनियाँ मदिरा बरामद गरेको बताउनुभयो । यसलाई सङ्कलन गरी छिटै नष्ट गर्ने डिएसपी पोखरेलको भनाई छ ।