News Desk
भारतको छत्तीसगढमा रोकिराखेको मालवाहक रेललाई यात्रुबाहक रेलले पछाडिबाट ठक्कर दिँदा आठ जनाको मृत्यु भएको छ भने धेरै यात्रु घाइते भएका छन् । प्रदेशको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर उत्तरपूर्वमा यात्रबाहक रेलले रोकिराखेको रेललाई ठक्कर दिएको हो ।
यात्रुबाहक रेलको एउटा डब्बा मालवाहक रेलको डब्बामाथि चढेको थियो । रेलमाथि रेल चढेर मानिस थिचिएकोले उद्धार कार्यलाई जटिल बनेको थियो । उद्धार टोलीले क्रेन र फलाम काट्ने उपकरणको प्रयोग गरी चुँडिएको डब्बा खोलेको थियो ।