सरोज यादव मधेश प्रदेशको नयाँ मुख्यमन्त्री
News Desk
Nov-10 , 2025 तारिख 12:57 बेलुका

नेकपा (एमाले)का संसदीय दलका नेता सरोज यादव मधेश प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान बर्दिबासस्थित एक होटलमा आयोजित समारोहमा यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी हुन।

संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा यादवले मुख्यमन्त्रीको जिम्मेवारी पाएका हुन। शपथपछि यादवले आफू सहित चारजनाले पद तथा गोपनीयताको शपथ लिएको जानकारी दिएका छन। तीमध्ये तीन जना विनाविभागीय मन्त्रीका रूपमा सहभागी भएका छन।

यससँगै मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ र सरोज यादवले अब प्रदेश सरकारको नेतृत्व गर्दै कार्यभार सम्हाल्ने भएका छन।