राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको संयोजकमा दिपेश विसुङ्के चयन
News Desk
Nov-12 , 2025 तारिख 12:58 बेलुका

भक्तपुर, २५ कार्तिक । नेकपा (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल, भक्तपुर जिल्ला कमिटीको संयोजकमा दिपेश विसुङ्के नियुक्त भएका छन्।

संघकी तत्कालीन अध्यक्ष रविना थापा हालै पोखरामा सम्पन्न केन्द्रीय अधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि रिक्त भएको संयोजक पद विसुङ्केलाई जिम्मेवारीस्वरूप प्रदान गरिएको हो। संघको विधानअनुसार जिल्ला कमिटीको नेतृत्व हरेक दुई वर्षमा अधिवेशनमार्फत चयन गरिँदै आएको भए पनि यसपटक केन्द्रीय अधिवेशनको तयारीका कारण भक्तपुरको अधिवेशन स्थगित गरिएको थियो।

संघका अनुसार विसुङ्केको नेतृत्वमा आगामी छ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ।

संयोजकको जिम्मेवारी पाएपछि विसुङ्केले संघप्रति विश्वास प्रकट गर्दै भने, “यस्तो चुनौतीपूर्ण समयमा मलाई दिइएको भरोषाको कदर गर्दै आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिबद्ध छु। पार्टीको हितका लागि विशेष रणनीति बनाएर काम गर्नेछु।”

उनले आगामी निर्वाचनमा भक्तपुरका युवाबीच “राष्ट्रिय युवा संघ र एमाले नै विश्वास र भविष्यको आधार हो” भन्ने सन्देश फैलाउने प्रतिज्ञा गर्दै भक्तपुरलाई “एमालेको लालकिल्ला” बनाउने अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए।