बलियो राष्ट्रिय शक्ति निर्माणमा मातृभूमि जागरण अभियानका संयोजक भीम रावलको जोड​
News Desk
Nov-13 , 2025 तारिख 12:04 बेलुका

काठमाडौं, कार्तिक २७ |मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावलले देशमा बलियो राष्ट्रिय शक्ति निर्माण गरेर राजनीतिक तथा सामाजिक रूपान्तरणको अभियानलाई सशक्त ढंगले अघि बढाउनुपर्ने बताएका छन्।

बुधवार नेपाली कम्युनिष्ट पार्टीसँग सहमतिपत्रमा हस्ताक्षर गर्ने क्रममा उनले विगतका विभाजनहरू प्रतिक्रियावादी तत्वहरूले आफ्ना स्वार्थका लागि गराएको आरोप लगाए। उनका अनुसार, यिनै विभाजनहरूले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउँदै राष्ट्रिय एकता र रूपान्तरणको यात्रामा अवरोध सिर्जना गरेका थिए।

‘त्यो समय गह्रौँ मन लिएर हामी छुट्टिएका थियौँ,’ रावलले भने, ‘तर आज हामी पुनः एउटै ध्रुवमा फर्किएका छौँ। अब एकजुट भएर बलियो राष्ट्रिय शक्ति निर्माण गर्दै राजनीतिक र सामाजिक रूपान्तरणको यात्रालाई सशक्तरूपमा अघि बढाउने संकल्प लिएका छौँ।’

उनले आगामी दिनमा सकारात्मक सोच, भावनात्मक एकता र दृढ संकल्पका साथ लक्ष्य प्राप्तिको दिशा तय गर्नुपर्नेमा जोड दिए।
रावलको भनाइमा, सच्चा एकता र सहकार्य नै मुलुकको स्थायित्व र विकासको आधार हो।