श्रीमती रविलक्ष्मीमाथि भएको आक्रमणबारे सरकारको मौनता र उदासीनताप्रति पूर्वप्रधानमन्त्री खनालको कडा आपत्ति
News Desk
Nov-15 , 2025 तारिख 12:19 बेलुका

काठमाडौँ |  पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको आक्रमणबारे सरकारको मौनता र उदासीनताप्रति कडा आपत्ति जनाएका छन। जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण गम्भीर घाइते भएकी चित्रकार अस्पतालमा उपचाररत छिन्, तर सरकारी घोषणामा उनकाे नाम नसमावेश भएको विषयले उनी झनै आक्रोशित बनेका छन।

खनालले प्रश्न गरे “मृतक र घाइतेको सूचीमा मेरी श्रीमती किन परिनन्? उनको उपचार राज्यको दायित्व होइन भने आखिर कसको हो?” उनले सरकारले दोहोरो मापदण्ड अपनाएको भन्दै तीव्र आलोचना गरे।

आगोले घर–परिवारको सम्पूर्ण संरचना जलेर नष्ट भएको, बैंक खाता पनि खाली भएको उल्लेख गर्दै खनालले विगतमा देशका लागि दिएर आएको आफ्नो योगदान र एक नागरिकको सुरक्षाको विषयलाई राज्यले बेवास्ता गर्न नहुने बताए।

उनका अनुसार, यो मुद्दा व्यक्तिगत मात्रै नभई राष्ट्रको नैतिक जिम्मेवारीसँग गाँसिएको छ। उनले सरकारलाई तत्काल कदम चाल्न, घाइतेको उपचार र क्षतिपूर्तिको स्पष्ट जवाफ दिन आग्रह गरे।