News Desk
नेपाली पासपोर्टधारकका लागि हङ्कङ ट्रान्जिट भिसा अब आवश्यक नपर्ने भएको छ। करिब २० वर्षपछि हटाइएको यो प्रावधानले नेपाली यात्रुहरूले हङ्कङ अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अन्य देश आवत–जावत गर्दा ट्रान्जिट क्षेत्रमा बस्ने सर्तमा भिसा बिना यात्रा गर्न दिनेछ।
यसअघि नेपाल एयरलाइन्स प्रयोग गर्दा ट्रान्जिट भिसा अनिवार्य भएकाले प्रवासी नेपालीलाई कठिनाइ थियो। अब प्रावधान हटेसँगै अमेरिका, बेलायत, जापान, कोरिया, अस्ट्रेलिया, क्यानाडा, मकाउ लगायत देशमा बस्ने नेपालीलाई हङ्कङमार्गे नेपाल एयरलाइन्स प्रयोग गर्न सहज भएको छ।
हङ्कङस्थित नेपाली महावाणिज्य दूतावास र नेपाल एयरलाइन्सको लामो पहलपछि यो व्यवस्था लागू भएको हो। दूतावासका अनुसार यसले यात्रामा सहजता बढाउने र नेपाल–हङ्कङ सम्बन्ध अझ मजबुत बनाउने विश्वास गरिएको छ।