News Desk
निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले पुस १९ गते नामावली प्रकाशन गर्ने र पुस २२ गते अन्तिम नामावली प्रकाशित गर्ने जनाएको छ। पुस २३ गते उम्मेदवारी दर्ता गरिनेछ भने पुस २४ गते मनोनयनविरुद्ध उजुरी पेश गर्न सकिने व्यवस्था गरिएको छ। पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् र सोही दिन अन्तिम मनोनयन सूची सार्वजनिक हुनेछ। पुस २८ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ। आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रहरूमा राष्ट्रियसभाका १८ सदस्यका लागि मतदान हुनेछ।