नेपाल ट्रस्टका पूर्व सचिव कार्की पक्राउ
News Desk
Nov-17 , 2025 तारिख 01:03 बेलुका

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल ट्रस्ट कार्यालयका पूर्व सचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ। आइतबार साँझ पक्राउ परेका कार्कीमाथि ठगी र आपराधिक विश्वासघातसम्बन्धी आरोपमा कारबाही भइरहेको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले पुष्टि गर्नुभयो।

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज सम्झौतामा अनियमितता भएको आशंकामा सीआईबीले अनुसन्धान विस्तार गरिरहेको छ। सोही प्रक्रियाअन्तर्गत कार्कीलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि नेपाल ट्रस्टमा कार्यरत तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई उस्तै मुद्दामा सीआईबीले पक्राउ गरिसकेको थियो।