News Desk
काठमाडौं | अब राजधानीमा सभा, जुलुस वा कुनै पनि प्रकारको प्रदर्शन गर्न अनुमति लिन जिल्ला प्रशासन कार्यालयमा १६ बुँदे विस्तृत विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार आन्दोलन तथा भेला शान्तिपूर्ण र व्यवस्थित बनाउन अनुमति प्रक्रिया संशोधित गरिएको हो। नयाँ व्यवस्थाअनुसार आयोजकले आयोजक संस्थाको प्रकार, कार्यक्रमको उद्देश्य, अनुमानित सहभागी संख्या, सुरक्षा तथा व्यवस्थापन योजना, साथै सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि समेत अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
प्रशासनले गृह मन्त्रालयबाट आएको परिपत्रका आधारमा धर्ना, विरोध, र आन्दोलनसम्बन्धी कुनै पनि कार्यक्रमको अनुमति दिने अघि फाराम र आवश्यक विवरणमा परिमार्जन गरेको जनाएको छ। यो नयाँ मापदण्डले राजधानीमा हुने सार्वजनिक कार्यक्रमहरूलाई थप अनुशासित र संयमित बनाउने अपेक्षा लीएको छ।