News Desk
नेकपा एमालेले पार्टीमा फर्किएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पछिल्लो समय पार्टीमा फर्किएका नेताहरूलाई प्रतिनिधि बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
उनले एमालेमा रहँदा केन्द्रीय समितिमा रहेकाहरूलाई प्रतिनिधि बनाइने बताए। हालै एमालेले घर फर्कि अभियानमार्फत रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पार्टी प्रवेश गराएको थियो।