विद्यार्थीहरुलाई नि:शुल्क चस्मा वितरण
News Desk
Nov-22 , 2025 तारिख 02:12 बिहान

 काठमाडौँ, मंसीर ५, २०८२ (शुक्रबार ) |काठमाडौँ महानगर र आसपासका सामुदायिक विद्यालयमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित बालबालिका वास्ता नेपाल, युनाइटेड इन्टरनेशनल पिस युनिपुन नेपाल च्याप्टर, रोटरी क्लब अफ कपन तथा युनाइटेड नेचर इन्टरनेशनल पिस युनिपुन नेपाल च्याप्टरको संयुक्त आयोजनामा आज नागार्जुन–६, फस्कु स्थित बेस्ट एकेडेमी विद्यालयमा ८ जना विद्यार्थीलाई
र गजुरमुखी माध्यमिक विद्यालय वडा नं ७ मा १६ जना  बिद्यार्थी लाई  चस्मा वितरण गरिएको छ।

यस कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठान तथा स्वयम्भू सर्जिकल आइ सेन्टरले प्राविधिक सहयोग प्रदान गरेको थियो। 

निशुल्क आँखा परीक्षणपछि आवश्यक विद्यार्थीलाई चस्मा वितरण 

विद्यालयमा केही दिनअघि सञ्चालन गरिएको निशुल्क आँखा परीक्षण कार्यक्रममा विद्यार्थीहरूका आँखामा देखिएका समस्या अध्यन–विश्लेषण गरि आवश्यक परेका १३ जनालाई चिकित्सकीय सिफारिस अनुसार चस्मा वितरण गरिएको आयोजक संस्थाहरूले जानकारी दिए।

आयोजकका अनुसार, ती विद्यार्थीहरूलाई दृष्टि समस्या देखिएकाले नियमित शिक्षण–अधिगममा असर नपरोस् भन्ने उद्देश्यसहित चस्मा प्रदान गरिएको हो। 

कार्यक्रम बालबालिका वास्ता नेपालका अध्यक्ष श्री मुकुन्द खनालको अध्यक्षतामा सम्पन्न भएको थियो।

सो अवसरमा युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरका महासचिव तथा रोटरी क्लब अफ कपनका सचिव श्री दीपक चन्द्र गौतम, युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरका सचिव श्री हरि शरण मानन्धर तथा युनिपुन र रोटरी क्लब अफ कपनका सदस्य श्री विष्णु प्रसाद अधिकारीको उपस्थितिमा वितरण कार्यक्रम सञ्चालन गरिएको थियो।
६ ओटा नगरपालिकाभित्र नियमित स्वास्थ्य शिविर सञ्चालन
आयोजक संस्थाले काठमाडौँ जिल्लाभित्रका ६ वटा नगरपालिकामा अवस्थित सामुदायिक तथा निजी विद्यालयहरू, स्थानीय संघ–संस्था र समुदायमा पछिल्ला केही महिनादेखि नियमित रूपमा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ।

यी शिविरहरूमा आँखा परीक्षण, दाँत चेकजाँच, मुटु तथा साधारण जनस्वास्थ्य परामर्शलगायतका सेवा उपलब्ध गराइँदै आएको जनाइएको छ।

भोलि पनि दुई विद्यालयमा चस्मा वितरण कार्यक्रम

आगामी दिनमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने अभियानलाई निरन्तरता दिइने बताउँदै युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरका महासचिव तथा रोटरी क्लब अफ कपनका सचिव श्री दीपक चन्द्र गौतमले भोलि (शुक्रबार) नागार्जुन नगरपालिका–५ अन्तर्गत गजुरमुखी विद्यालय र बेस्ट स्कूलका दृष्टि समस्या भएका विद्यार्थीहरूलाई समेत चस्मा वितरण गरिने जानकारी दिa।

उनका अनुसार, "विद्यालयस्तरमै विद्यार्थीहरूको आँखाको समस्या पहिचान गरी समयमै उपचार तथा चस्मा उपलब्ध गराउन सके अध्ययनमा हुने असर न्यून हुने" भन्दै कार्यक्रमलाई निरन्तरता दिने योजना अघि बढाइएको छ।