News Desk
काठमाडौं | राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको उल्लेख छ।
सरकारको सिफारिस अनुसार राष्ट्रपति पौडेलले अध्यादेश प्रमाणीकरण गरेपछि सो विधेयक संसद अवकाशमा रहेकै अवस्थामा कानुनका रूपमा कार्यान्वयन हुने भएको छ।