News Desk
सरकार तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका प्रतिनिधिबीच २०८२ मंसिर ७ गते राति बालुवाटारमा वार्ता सम्पन्न भएको छ। बैठकमा महाअभियानले अघि सारेका २७ बुँदे मागबारे विस्तृत रूपमा छलफल गरिएको थियो।
वार्ताका क्रममा देशको हालको शान्ति–सुरक्षाको स्थितिलाई ध्यानमा राख्दै उठाइएका मागहरूको सम्बोधनका लागि सरकार निरन्तर संवाद, सहजीकरण र आवश्यक प्रक्रियाहरू अघि बढाउने सहमति गरिएको बताइएको छ।
यसैक्रममा महाअभियानले मंसिर ७ गतेदेखि सुरु हुने गरी घोषणा गरेको नेपाल बन्द तथा अनिश्चितकालीन आमहड्तालका कार्यक्रमहरू फिर्ता लिने निर्णय गरेको छ।
वार्तामा महाअभियानतर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ता विनोदमणि भट्टराई, लवण न्यौपाने तथा डा. निराजन प्रसाई सहभागी थिए। त्यसैगरी सरकारतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना लगायत उपस्थित थिए।
दुवै पक्षबीच महाअभियानको शीर्ष नेतृत्व सहभागी हुने गरी अर्को चरणको वार्ता छिट्टै आयोजना गर्ने समझदारी पनि बनेको छ।