दुर्गा प्रसाईं रिहा
News Desk
Nov-24 , 2025 तारिख 12:11 बेलुका

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं आज रिहा भएका छन्। सर्वोच्च अदालतले रिहाइको आदेश जारी–साथ उहाँलाई मुक्त गरिएको हो।

प्रसाईंका छोरा निराजन प्रसाईंले दर्ता गराएको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई तत्काल रिहा गर्न निर्देशन दिएको थियो। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सर्वोच्च अदालतका रजिष्ट्रारको उपस्थितिमा कागजी प्रक्रिया पूरा गरी दुर्गा प्रसाईंलाई छोरा निराजनको जिम्मामा छाड्ने आदेश दिएको हो।

अदालतको आदेशमा प्रसाईंको गतिविधिले शान्ति–सुरक्षामा खतरा सिर्जना न गरेको र शान्तिभङ्ग गर्ने कार्यमा उक्साहट देखिन नसकिएकाले थुनामा राखिएको निर्णय प्रारम्भिक दृष्टिमा उचित नठहरिएको उल्लेख छ। साथै, शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न खोजिरहेका व्यक्तिलाई पक्राउ पूर्जी जारी गर्ने तथा म्याद थप्दै थुनामा राख्ने कार्य पनि उत्प्रेषणका आदेशले बदर हुने न्यायालयले स्पष्ट पारेको छ।