News Desk
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन नेपाली सेना परिचालनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका अनुसार, मंसिर ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति पौडेलले सेना परिचालनको अनुमति दिएका हुन्।
यसअघि राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनको सुरक्षा सुनिश्चित गर्न आवश्यक देखिएका कारण नेपाली सेना परिचालन गर्न सरकारलाई औपचारिक सिफारिस गरेको थियो। त्यसपछि मन्त्रिपरिषद्ले उक्त सिफारिसलाई समेटेर सेना प्रयोगका लागि राष्ट्रपति समक्ष प्रस्ताव पेस गरेको थियो।
निर्वाचनका दिन सम्भावित सुरक्षा चुनौती नियन्त्रण, जोखिम व्यवस्थापन र शान्तिपूर्ण वातावरण कायम गर्न सैनिक बल तैनाथी गरिएको सरकारले जनाएको छ।