चुनाव जितेर सत्तामा पुगेका नेताहरू अन्ततः हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आउन स​क्छ :​ प्र​च​ण्ड​ 
News Desk
Nov-30 , 2025 तारिख 12:30 बेलुका

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जितेर सत्तामा पुगेका नेताहरू अन्ततः हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आउने चेतावनी दिएको बताएका छन।

दाङको लमहीमा आयोजित एकता सन्देश कार्यक्रममा सम्बोधन गर्दा प्रचण्डले वर्तमान राजनीतिक व्यवहारले जनतामा आक्रोश बढिरहेको र सत्तामा रहेकाहरूले घमण्ड त्याग्नुपर्ने आवश्यकता दोहोर्‍याए।

उनका अनुसार, आफूले संसदमै बसेर ‘बहुमतको दम्भ नदेखाउनुहोस्, यस्ता कार्यशैली जारी रहे जनताले एकदिन लेखेट्छन्’ भनेर पूर्वसूचना दिएको भए पनि त्यसलाई गम्भीर रूपमा नलीएको बताए।

प्रचण्डले थपे, “आज केपी शर्मा ओलीज्यूले सबै दोष प्रचण्डकै हो भनेर आरोप लगाएको सुनिन्छ। तर उहाँले अझै पनि अहंकार छोडेको देखिँदैन।”

उनले लामो छलफल र तयारीपछि १५ वटा दलबीच एकता भएको र यो एकताले नयाँ राजनीतिक सन्देश दिने विश्वास पनि व्यक्त गरे।