बालेन्द्र शाहसँगको संयुक्त तस्वीर सार्वजनिक ग​र्दै मन्त्री घिसिङले दिए स​न्देश​
News Desk
Dec-01 , 2025 तारिख 12:12 बेलुका

काठमाडौं | काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँगको संयुक्त तस्वीर सार्वजनिक गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले “देश बनाउने अभियानमा हामी सँगै छौं” भन्ने संदेश दिएको छन।

हालै उज्यालो नेपाल नामक राजनीतिक दल दर्ता गराइसकेका घिसिङले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उक्त तस्वीर सेयर गर्दै देश विकासका एजेन्डामा सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन।

घिसिङ र शाहबीच पछिल्ला दिनमा सम्भावित राजनीतिक तथा विकासात्मक सहकार्यबारे विभिन्न तरंगपूर्ण चर्चा भइरहेका बेला उक्त तस्वीर सार्वजनिक भएको हो। तस्वीरले दुवै व्यक्तित्वबीच गठबन्धन वा साझा अभियानको संकेत हो कि भन्ने अनुमान झनै बलियो बनेको छ।

तर, दुवै पक्षले औपचारिक रूपमा यसबारे कुनै विस्तृत जानकारी सार्वजनिक गरेका छैनन। थप विवरण खुल्न बाँकी छ।