संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा पालले टस जितेर पहिले फिल्डिङ गर्ने
News Desk
Dec-01 , 2025 तारिख 11:33 बिहान

संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आयोजक यूएईसँग भिड्दैछ । केहीबेरमै अजमानस्थित करवान मैदानमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।

नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो । नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा स्थान बनाउनेछ । तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ ।

धेरै पढिएको