News Desk
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पितृशोकमा परेका छन। उनका पिता रामनारायण शाहको आइतबार बिहान निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गराइएको थियो।
अस्पतालका अनुसार शाहको मूत्रमार्गको संक्रमण शरीरभरि फैलिएको थियो। हिजो अस्पताल पुर्याउँदा नै उहाँ बेहोस अवस्थामा रहेका थिए, र भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो। तर चिकित्सकहरूको प्रयास पनि सफल हुन सकेन।
आज बिहान प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर दिवंगत शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पताल स्रोतले जनाएको छ।
दिवंगत रामनारायण शाहले परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छोेडेर गए।