News Desk
काठमाडौं । गायक तथा संगीतकार बिनोद ढकालले आफ्नो जन्मदिनको अवसर पारेर बबरमहलस्थित विवेक स्वच्छ सेवा केन्द्रमा आश्रित ४० जना बालबालिकालाई खाद्यान्न सामग्री सहयोग गरेका छन। उक्त कार्यक्रम मंसिर २३ केन्द्रका पदाधिकारी तथा युवा स्वयंसेवकहरुको उपस्थितिमा सम्पन्न गरिएको थियो।
ढकालले कार्यक्रममा बालबालिकाहरुसँग समय बिताउँदै उनीहरुको भरणपोषण तथा उज्जवल भविष्यको लागि सदैव सामाजिक उत्तरदायित्वमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले आफ्नै संगीत तथा सांस्कृतिक यात्रा मार्फत आम जनमानसलाई सकारात्मक सन्देश प्रवाह गर्दै आइरहेको उल्लेख गरे।
संगीत क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव राख्ने बिनोद ढकाल नेपाली गीत संगीतका बहुमुखी कलाकारका रुपमा चिनिन्छन। उनले ‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ’, ‘भ्यालेन्टिनो’, ‘बाजेले गितार बजाको’ 'ब्रुम ब्रुम' 'मर्छुकि क्या हो गाजा तानी तानी' लगायतका लोकप्रिय गीतहरू रिलिज गरिसकेका छन । ढकालले ‘कालापानी’ जस्ता राष्ट्रिय भावनामा आधारित गीत र ‘दुःख’ जस्ता र्याप शैलीका प्रस्तुतीमार्फत संगीतप्रेमी माझ छुट्टै पहिचान बनाएका छन ।
उनले विविध संगीत शैलीमा आफ्नो क्षमता प्रस्तुत गरेका छन । उनको सांगीतिक क्यारियरमा पप, र्याप र आधुनिक शैलीका गीतहरू समावेश छन ।
ढकाललाई हालै जिनियस सम्मान–२०८२ बाट सम्मानित गरिएको थियो । उनले दादा साहेब फाल्के लगायतका अन्तराष्ट्रिय अवार्ड समेत प्रापत गरेका छन ।
