News Desk
कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न लागिएका दुई हात्तीलाई सोमबार चितवनबाट औपचारिक रूपमा बिदाइ गरिने भएको छ।
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहास्थित हात्तीसारमा विशेष कार्यक्रम आयोजना गरी खगेन्द्रप्रसाद र रूद्रकली नामका दुई हात्तीलाई विदाइ गर्न लागिएको हो। निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार कार्यक्रमपछि हात्तीलाई चितवनबाट प्रस्थान गराइनेछ।
सोमबार चितवनबाट बिदा गरिएका हात्तीहरूलाई भैरहवामा पुर्याइनेछ। त्यहाँ दुई रात विश्राम गराएपछि बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर विमानमार्फत हात्तीलाई कतार पठाउने तयारी गरिएको छ।