News Desk
दुम्सी सिकार गर्न जमिनको प्वालभित्र पसेका एक व्यक्ति त्यहीँ फसेपछि सुरक्षाकर्मीले उद्धार गरेका छन्।
सप्तरीको कञ्चनरूप नगरपालिका–११ बक्सा निवासी ५० वर्षीय दिलीप रेग्मी दुम्सी मार्ने क्रममा प्वालमा छिरेका बेला अड्किएका थिए। उनी बाहिर ननिस्किएपछि सँगै गएका साथीहरूले सुरक्षाकर्मीलाई खबर गरेका थिए।
जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदह र सितापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मी तथा नेपाल प्रहरीको संयुक्त टोली उद्धारमा खटिएको थियो। करिब पाँच घण्टासम्म जमिनमुनी फसेका रेग्मीलाई झन्डै २० मिटर भित्रको प्वालबाट सकुशल बाहिर निकालिएको प्रहरीले जनाएको छ।
उद्धारपछि रेग्मीलाई उपचारका लागि धर्मेश्वर अस्पताल, ठेलियातर्फ पठाइएको छ। सशस्त्र प्रहरीका अनुसार उनी यसअघि पनि दुम्सीको सिकार गर्दै आएको खुल्न आएको छ।