एमालेको म​त​ग​ण​ना जारी, बिहान​ ४ बजेस​म्म​मा करिब १ हजार ९५० मत ख​स्यो
News Desk
Dec-18 , 2025 तारिख 12:16 बेलुका

नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहीबार बिहानसम्म पनि जारी छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार मतदान सम्पन्न हुन अझै कम्तीमा एक घण्टा समय लाग्ने अनुमान गरिएको छ। बिहीबार बिहान करिब सवा ४ बजे करिब १ हजार ९५० मत खसिसकेको जानकारी दिए।

उनका अनुसार बाँकी मत खस्न केही समय लाग्ने भएकाले एक घण्टाभित्र मतदान सकिने अपेक्षा गरिएको छ। यसअघि बुधबार बेलुका साढे ९ बजेसम्म १ हजार २०० मत खसेको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको थियो।

एमालेको जारी महाधिवेशनमा कुल २ हजार २६३ जना प्रतिनिधि मतदाताका रूपमा सहभागी छन्।