रिता सिंह वैद्यको निधन
News Desk
Dec-18 , 2025 तारिख 05:25 बेलुका

२०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहकी छोरी रिता सिंह वैद्यको निधन भएको छ। उनको आज बिहीबार बिहान देहावसान भएको हो।

मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा रिताको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी लामो समयदेखि मिर्गौला फेल हुने समस्याबाट पीडित थिइन् र नियमित रूपमा डायलाइसिस गराइरहेकी थिइन्।

पछिल्लो समय मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि देखिएको विषय उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी थिइन्। रिताको अन्त्येष्टि आज बिहान ११ बजे शोभा भगवतीस्थित कर्णदीप घाटमा गरिने सृजना सिंहले जानकारी दिएकी छन्।