News Desk
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ शुक्रबार जारी गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) अनुसार राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्नुभएको हो ।