मधेस प्रदेशका मुख्यमन्त्री यादवले प्राप्त​ ग​रे विश्वासको मत
News Desk
Dec-20 , 2025 तारिख 06:41 बिहान

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत हासिल गर्नुभएको छ।

शुक्रबार प्रदेश सभामा प्रस्तुत गरिएको विश्वास प्रस्तावमा मुख्यमन्त्री यादवको पक्षमा ९२ मत परेको हो। सभामा उपस्थित रहेका सबै राजनीतिक दलका सम्पूर्ण प्रदेश सभा सदस्यले यादवलाई समर्थन जनाएका थिए।

यस कारण विश्वास प्रस्तावको विपक्षमा वा तटस्थतर्फ एक पनि मत परेन।

एमाले इतर सात दलको सिफारिसमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई यस पटक नेकपा एमालेले समेत समर्थन गर्दै विश्वासको मत दिएको हो।

यससँगै मुख्यमन्त्री यादवको नेतृत्वमा प्रदेश सरकारलाई प्रदेश सभाबाट सर्वसम्मत समर्थन प्राप्त भएको छ।

To