अध्य​क्ष​ लामाको नेतृत्वमा ४ स​द​स्यीय​ युनिप​ नेपाल​ टोली श्रीलङ्का प्रस्थान
News Desk
Dec-22 , 2025 तारिख 09:11 बिहान

काठमाडौँ | युनाइटेड नेचर इन्टरनेसनल पिस नेपाल च्याप्टरका अध्यक्ष डा. राजु लामा कोन्दनको नेतृत्वमा समिति सदस्यहरू लीला थापा मगर, बिमल कुमार भट्टराई र दीपक राज शाही आज श्रीलङ्का प्रस्थान गरेका छन्। उनीहरू कोलम्बोमा हुने अन्तर्राष्ट्रिय एस्ट्रोलोजी सम्मेलनमा सहभागी हुनेछन्।

डिसेम्बर २०२५ मा आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका ज्योतिषविद् र अनुसन्धानकर्ताहरूबीच ग्रह योग, राशिचक्र, जन्मकुन्डली विश्लेषण तथा परम्परागत र आधुनिक एस्ट्रोलोजीका विषयमा विचार आदान–प्रदान हुनेछ।

युनाइटेड नेचर इन्टरनेसनल पिस नेपाल च्याप्टर परिवारले सम्मेलनको सफलताको कामना गर्दै सम्पूर्ण भ्रमण टोलीको सुखद, सुरक्षित र फलदायी यात्राको शुभेच्छा व्यक्त गरेको छ।