नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
News Desk
Dec-27 , 2025 तारिख 06:52 बिहान

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहबीच शर्माले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्दै शपथ लिनुभएको हो।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतलगायतको उपस्थिति रहेको थियो। साथै कार्यक्रममा सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षाकर्मी तथा विभिन्न संवैधानिक निकायका प्रमुख र वरिष्ठ कर्मचारीहरूको सहभागिता थियो।