News Desk
प्याब्सन मध्य क्षेत्रीय कमिटी काठमाडौंद्वारा आयोजित चौधौं अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंसिर ८ देखि १३ गतेसम्म सम्पन्न भएको छ।
४४ टिम सहभागी प्रतिस्पर्धामा मालिगाउँस्थित काठमाडौं इङलिस स्कुलले सफलता हात पारेको छ। विद्यालयको जुनियर ब्वाइज टिम प्रथम हुँदै च्याम्पियन बनेको छ भने सिनियर गल्स टिम उपविजेता भएको छ।

जुनियर ब्वाइज समूहबाट विपुल भुजेल सर्वोत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै, गल्स समूहमा तमन्ना थापा सर्वाधिक स्कोर गर्ने खेलाडी चुनिएकी छिन्।
काठमाडौं इङलिस स्कुलले लामो समयदेखि स्थानीय र राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा उत्कृष्ट उपस्थिति जनाउँदै पुरस्कार हात पार्दै आएको छ। विद्यालयले पढाइसँगै अतिरिक्त गतिविधिलाई समान महत्व दिने नीतिका कारण विद्यार्थीको प्रतिभा उजागर हुने प्लेटफर्म प्राप्त गरेको बिधालयका प्र.अ दिनेश खतिवडाले बताए।
