News Desk
सिरहाको बरियारपट्टी गाउँपालिका २ श्रीपुरका २१ वर्षीय सत्यनारायण साफीले मधेसी दलित आरक्षण कोटामा पूर्ण छात्रवृत्तिसहित एमबीबीएस पढ्न नाम निकालेर सबैको ध्यान खिचेका छन्। विपन्न परिवारका साफीले मजदुरी गर्दै पढाइ अघि बढाए र पहिलो प्रयासमै सफलता हासिल गरे।
जनता माध्यमिक विद्यालयबाट एसइई र विराटनगरबाट कक्षा १२ उत्तीर्ण गरेपछि उनी काठमाडौं पुगेर प्रवेश परीक्षा तयारीमा जुटिएका थिए। आर्थिक अभावका कारण कोचिङ छाडेर घर फर्किए पनि उनले हार मानेनन्। दिनभर मजदुरी र रातभर पढाइ गर्दै परीक्षा दिए र सफल भए।
आरक्षण व्यवस्थाले सीमान्तकृत समुदायका मेहनती विद्यार्थीलाई अवसर दिएको साफीको सफलता उदाहरण हो। यो उपलब्धि नेपालको संविधानमा रहेको सकारात्मक विभेदको उज्यालो पक्षको प्रत्यक्ष प्रमाण बनेको छ।