बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको निधन
News Desk
Dec-30 , 2025 तारिख 04:59 बेलुका

बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको निधन भएको छ । उहाँको ८० बर्षको उमेरमा आज ढाकास्थित अस्पतालमा निधन भएको हो । खालिदा जिया बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री बन्नुभएको थियो ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)की नेतृ खालिदा लामो समयदेखि विरामी हुनुहुन्थ्यो । खालिदा चार दशकभन्दा बढी समयदेखि बंगलादेशको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । आफ्ना पति जियाउर रहमानको हत्यापछि खालिदाले बीएनपीको नेतृत्व सम्हाल्नुभएको थियो ।

सन् १९८१ मा जियाउर रहमान बंगलादेशका राष्ट्रपतिमा बहाल रहेकै बेला हत्या भएको थियो । खालिदा सन् १९९१ मा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बन्नुभएको थियो ।