News Desk
ललितपुरको कुपण्डोल क्षेत्र अन्तर्गत ज्वागल चोकमा गएराति कार र मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
मध्यराति थापाथलीबाट ज्वागलतर्फ आउँदै गरेको प्रदेश ३–०२–००२ प ३५४५ नम्बरको मोटरसाइकल र पुलचोकबाट कुपण्डोलतर्फ जाँदै गरेको बा. १८ च ३४४७ नम्बरको कारबीच ठक्कर भएको हो।
दुर्घटनामा कार चालकसहित मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार सवारी साधनको तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ।