निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारीको बन्दसूचीमाथिको छानबिन आजदेखि सुरु
News Desk
Dec-31 , 2025 तारिख 12:25 बेलुका

निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारीको बन्दसूचीमाथिको छानबिन आजदेखि सुरु गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ दलले पेस गरेको समानुपातिक प्रणालीतर्फको बन्द सूचीको छानबिन शुरु भएको हो ।

६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै ११० स्थानमा उम्मेदवारी दिएका छन् । समानुपातिकतर्फको निर्वाचनको लागि ५८ वटा निर्वाचन चिन्हमा मतदान हुने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले निर्धारण गरेको समयसिमा भित्र ६४ राजनीतिक दलले १ सय १० सदस्य चयनका लागि ३ हजार ४ सय २४ जनाको बन्द सूचि पेस गरेका हुन् । निर्वाचन आयोगका अनुसार बन्दसूचि पेस गर्ने ५४ राजनीतिकदलले आ-आफ्नै निर्वाचन चिन्हमा प्रतिश्पर्धा गर्ने छन् भने १० राजनीतिक दलले ४ वटा निर्वाचन चिन्हमा प्रतिश्पर्धा गर्ने भएका छन् ।