पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश
News Desk
Jan-01 तारिख 06:53 बिहान

विशेष अदालतले घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। उहाँमाथि रु ७८ लाख घुस लिएको आरोप प्रमाणित हुने आधार देखिएपछि अदालतले भ्रष्टाचार निवारण ऐनअनुसार थुनामा राख्ने निर्णय गरेको हो। साथै, अदालतले जरिवाना र घुस रकम जफत हुने कानुनी व्यवस्था पनि लागू हुने उल्लेख गरेको छ।

न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो। आदेशमा गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा सांसदको जिम्मेवारीमा रहँदा अन्य व्यक्तिमार्फत घुस लिएको प्रमाण फेला परेको जनाइएको छ।