कतारले जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिने 
News Desk
Jan-03 तारिख 06:25 बिहान

कतार सरकारले राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर विभिन्न जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिने निर्णय गरेको छ। सो निर्णयअनुसार उनीहरूलाई मानवीय आधारमा क्षमादान प्रदान गरिएको हो।

यस आममाफीप्रति नेपाल सरकारले कतार सरकारलाई धन्यवाद व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मानवीय भावना अनुरूप दिइएको उक्त क्षमादानले नेपाल–कतारबीचको द्विपक्षीय सम्बन्ध, आपसी मित्रता र सौहार्दतालाई थप सुदृढ बनाउने महत्वपूर्ण संकेत दिएको उल्लेख गरिएको छ।