News Desk
विभिन्न मागसहित आमरण अनशनमा बसेका डा. निकोलस भुसाल र हरिश विष्टले शुक्रबार आफ्नो अनशन समाप्त गरेका छन्। सरकारसँग भएको सहमतिपछि उनीहरूले अनशन तोडेको जनाइएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा दुवै जनालाई जुस खुवाउँदै अनशन तोडाएकी हुन्। सरकार र अनशनरत पक्षबीच ६ बुँदे सहमति भएपछि यो निर्णय गरिएको हो।
सम्झौतापत्रमा अनशनकर्ता डा. भुसाल र हरिश विष्टका साथै सरकारको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन्।