नेपाली जनसम्पर्क समिति मलेसियाको अधिवेशन सम्पन्न, पंगेनी पुनः सभापतिमा निर्वाचित
News Desk
Jan-05 तारिख 07:41 बेलुका

क्वालालम्पुर,नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशनबाट चोलाकान्त पंगेनी पुनः सभापतिमा निर्वाचित भएका छन्। मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा भव्य रूपमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनको औपचारिक सत्र सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम बिदेश बिभाग प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव सुसिल घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी थिए भने एनआरएनए मलेसियाका निबर्तमान अध्यक्ष बिनोद थापा विशेष अतिथि रहेका थिए।

कार्यक्रममा प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल,  योगेन्द्र कुँवर, गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्षद्वय इन्द्र नारायण लिम्बु र राकेश महतो लगायत मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले आगामी फागुन २१ गते हुने निर्वाचनमा एमाले–कांग्रेस गठबन्धनको विकल्प नरहेको धारणा व्यक्त गरे। उनले प्रवासमा रहेका संगठनहरूले केन्द्रलाई सुझाव दिँदै गठबन्धन कायम राख्न पहल गर्नुपर्नेमा जोड दिए। अन्य वक्ताहरूले मलेसियामा स्थापित संघ–संस्थाहरूले नेपाली श्रमिकहरूको हकहित, समस्या र अधिकारका विषयमा एकताबद्ध भएर प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति निम्नानुसार रहेको छः
सभापति: चोलाकान्त पंगेनी
वरिष्ठ उपसभापति: कमलप्रसाद गौतम
उपसभापतिहरू: टेकबहादुर टमटा, हरिप्रसाद कोइराला, गणेशबहादुर राउत, ज्ञानेन्द्रबहादुर सिंह, डम्बर ओखडा
महामन्त्रीहरू: सरोज दाहाल, मिलन लामा
सह–महामन्त्रीहरू: तिलकचन्द ठकुरी, रामकुमार यादव, देवराज घिमिरे
कोषाध्यक्ष: इन्द्रप्रकाश भण्डारी
सदस्यहरू: दीपक अधिकारी, राकेश गह मगर, यज्ञकुमार राई, रमेश भण्डारी, पुष्कर खड्का, इन्दु बस्नेत, छेवाङ लामा, मछिन्द्रनाथ चापागाईं, राजकुमार कटुवाल, गणेश बिष्ट र घनश्याम चौधरी रहेका छन ।
प्रमुख अतिथि   पौडेलले कार्यक्रमलाई  सम्बोधन गरेका थिए।
उनले प्रवासमा रहेका नेपालीहरुलाई देशप्रती जिम्मेवार रहनुपर्ने जनाउदै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना ब्यक्त गरे ।
कार्यक्रमको समापन गर्दै पुनः निर्वाचित सभापति पंगेनीले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै मलेसियामा दुःख–पीडामा परेका नेपाली श्रमिकहरूको सेवामा २४ सै घण्टा तयार रहने प्रतिबद्धता व्यक्त गरे।